सैलुनमा कपाल काट्दा अब २०० रूपैयाँ तिर्नपर्ने

Thankot Times

थानकोट ।

नेपाल नाई संघले काठमाडौं उपत्यकामा कपाल काटे बापतको सेवा शुल्क बढाएको छ ।

संघले काठमाडौं उपत्यकामा कपाल काट्दा न्यूनतम शुल्क अब २ सय रुपैयाँ तोकेको छ । घरभाडासहित लागत खर्च बढेकाले नेपाल नाई संघ काठमाडौं उपत्यका समितिले असोज १ गतेबाट दाह्री र कपाल काटेको शुल्क बढाएको हो ।

नेपाल नाई संघ काठमाडौं उपत्यका समितिका अध्यक्ष राजेश ठाकुरका अनुसार दाह्री काटेको शुल्क १२० देखि १५० रुपैयाँ निर्धारण गरिएको छ । ‘सामान्य दाह्री काटेको १२० रुपैयाँ भएपनि मेहनत गरेर काटेको १५० रुपैयाँ शुल्क लाग्ने छ’ उनले भने ‘मदरासी फिल्म हेरेर हिरो वा खलनायकले काटेजस्तो दाह्री बनाइदिन भन्दै ग्राहक आउँछन्, त्यस्तो अवस्थामा धेरै मेहनत पर्ने भएकाले दाह्री काटेको शुल्क फरक फरक निर्धारण गरिएको हो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *