१० हजार रूपैयाँ ज्याला दिएर पोलियो मातातीर्थस्थित बिजुलीको टावरमा रहेको अरिंगालको गोलो

Thankot Times

थानकोट ।

मातातीर्थमा विद्युत् प्रसारण लाइनको टावरमा अरिङ्गालले लगाएको गाेलाे विद्युत् प्राधिकरणले मान्छे लगाएर पोलेको छ ।

तीन जना मान्छेलाई पारिश्रमिक दिएर शनिबार बेलुका अरिङ्गालको गाेलाे पोलिएको काठमाण्डौ ग्रिडका प्रमुख विनोद लोहनीले जानकारी दिनुभयो ।

‘तीन जनाले गाेलाे पोल्नुभएको छ, अब भोलि बिहानदेखि हामीले तार जडानको काम थाल्छौँ ’ लोहनीले भन्नुभयो । उनीहरुले मागे अनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएको प्राधिकरणले जनाएको छ ।

अरिङ्गालको गोलोका कारण काठमाण्डौको मातातीर्थ-हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको थियो ।

मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिङ्गालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मुख्य ठाउँ) जडान गर्न समस्या भएपछि प्राधिकरणले अरिङ्गाल पोल्ने मान्छेको समेत खोजी गरेको थियो  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *