काठमाडौंको तार्केश्वरमा रहेको सुनचाँदी पसलमा लुटपाट

Thankot Times

थानकोट ।

तार्केश्वर नगरपालिका-२ काभ्रेस्थली पदमसालमा रहेको गोसाईकुण्ड सुनचाँदी पसलमा लुटपाट भएको छ। सोमबार साँझ करिब २ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद ४५ हजार रूपैयाँ लुटपाट भएको प्रहरीले जनाएको छ।

सुनचाँदी पसल बन्द गरी संचालक घर फर्किने क्रममा अपरिचित व्यक्तिले पसल संचालकलाई कुटपिट गरी घाइते बनाएर उनको साथबाट धनमाल लुटपाट गरी फरार भएका थिए। प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा पठाएको थियो।

साथै, प्रहरीले घटनास्थलबाट ३ वटा पोकामा रहेका चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको छ। प्रहरीले लुटपाटमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ