नेकपा एमालेको बागमतीको प्रदेशको समानुपातिक सूचीमा चन्द्रागिरि ४ की बिन्दु श्रेष्ठको नाम
थानकोट ।
आसन्न आम निर्वाचनका लागि नेकपा एमालेले प्रतिनिधि सभाको कुल १६५ मध्ये १४१ सिटमा उम्मेदवारी दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेले १४१ स्थानमा उम्मेदवारी दिएको हो ।
अन्य स्थानमा विभिन्न दलसँग तालमेलका लागि सिट छाडिएको एमालेले जनाएको छ ।
नेकपा एमालेले सार्वजनिक गरेको प्रदेश सभाको समानुपातिक सूचीमा नेकपा एमाले काठमाण्डाै जिल्ला कमिटि सदस्य तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य चन्द्रागिरि नगरपालिका ४ थानकोटकी विन्दु श्रेष्ठको नाम पनि समावेश भएको छ ।
श्रेष्ठको नाम गत स्थानीय तह निर्वाचनका लागि सो पार्टीका तर्फबाट चन्द्रागिरि नगरपालिकाको उपप्रमुखको सम्भावित उम्मेदवारको सूचीमा समेत रहेको थियो ।
यी हुन् एमालेका प्रतिनिधि, प्रदेश सभा र समानुपातिकतर्फका उम्मेदवारहरू












