सर्पको पेटभित्र भेटियो हराइरहेकी महिलाको शव

Thankot Times

थानकोट ।

इन्डोनेसियामा हराइरहेकी एक जना महिलाको शव सर्पको पेटभित्र भेटिएको छ।

द गार्डियनका अनुसार सुमात्रा टापुमा पर्ने  जाम्बु प्रान्तकी ती महिला रबर खेतीमा काम गर्थिन्।  ५४ वर्षकी जहरा आइतबार बिहान काम गर्न घरबाट हिँडेकी थिइन्। साँझ उनी घर नफर्किएपछि श्रीमानले उनको खोजी थालेका थिए। बारीमा उनले श्रीमतीका चप्पल, ज्याकेट, रूमाल र चक्कु फेला पारेपछि छिमेकीलाई बोलाएका थिए।

प्रहरीसहितको टोलीले खोजी गर्दै जाँदा सोमबार बिहान नजिकै पाइथन प्रजातिको सर्प देखिएको थियो। उक्त सर्पको पेट फुलेको देखेपछि शंका लागेर त्यसलाई समातेर पेट चिर्दा ती महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

पाइथन सर्प सात मिटरसम्म लामो हुन्छ। यसले आहाराका रूपमा स-साना जनावरलाई सिंगै निल्ने गरेको भए पनि मान्छेलाई सिंगै खाएका घटना बिरलै हुने गर्छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *