आज कस्तो रहला माैसम ? यस्तो छ विभागको पूर्वानुमान
थानकोट ।
मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ । देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
बिहीबार (असोज १५) दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । साथै, देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
राति, कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।
देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।













