मेयर बालेनसँग मिस नेपालको भेट, चेतनामूलक अभियानमा महानगरले सहकार्य गर्ने

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले चेतनामूलक अभियानमा मिस नेपालसँग सहकार्य गर्ने भएको छ । द हिडन ट्रेजर र महानगर प्रमुख बालेन शाहबीच बुधबार सहकार्यबारे छलफल भएको छ ।

मिस नेपालको तर्फबाट हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकार, निर्देशक प्रमोद कंसाकार, मिस नेपाल प्रियंकारानी जोशी र मिस अर्थ सरिशा श्रेष्ठ र मेयर बालेनबीच भेटघाट भएको थियो ।

महानगरले सञ्चालन गर्ने जनचेतनामूलक कार्यक्रममा मिस नेपालसँग सहकार्य गर्नेबारे छलफल भएको निर्देशक कंसाकारले जानकारी दिए ।

भविष्यमा मिस नेपाललाई महानगरको सद्भावना दूतको रुपमा नियुक्त गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो । हिडन ट्रेजरले सम्पदा संरक्षणमा समेत कार्य गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *