सूर्य थापाका लागि भोट माग्दै भेलु बाजे

Thankot Times

थानकोट । 

सामाजिक सञ्जालमा भाइरल भएका भेलू बाजे नेकपा एमालेका नेता सूर्य थापालाई जिताउने अभियानमा लागेका छन् ।

प्युठानबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका थापालाई जिताउने अभियानमा भेलु बाजे लागेको थापाको सचिवालयले जनाएको छ ।

अश्लिल शब्द बोलेर भाइरल भएका भेलु बाजे पछिल्लो समय चर्चामा छन् ।

टिकटकदेखि फेसबुकसम्म भाइरल बनेका भेलु बाजे उम्मेदवार सूर्य थापासँगै मत माग्दै हिँडिरहेका छन्।

थापाको सचिवालयले उनको फोटो राख्दै सामाजिक सञ्जालमा उनी थापा जिताउन लागिपरेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ