टी-ट्वेन्टी विश्वकप क्रिकेटः विजेता इङ्ल्याण्डलाई १७ लाख २० हजार डलर पुरस्कार

Thankot Times

थानकोट ।

पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले दोश्रो पटक आईसीसी टी-ट्वान्टी पुरूष विश्वकप क्रिकेटको उपाधि जितेको छ।

अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड दोस्रो पटक च्याम्पियन बनेको हो।

पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

इंग्ल्यान्डले यसअघि उसले सन् २०१० मा उपाधि जितेको थियो।

पुरस्कार रकम
टी-२० विश्वकपको कुल पुरस्कार राशी यस वर्ष ५.६ मिलियन अर्थात ५६ लाख अमेरिकी डलर रहेको छ।

जसमा विश्व विजेता इङ्ल्याण्डले पुरस्कारस्वरूप १७ लाख २० हजार अमेरिकी डलर पाएको छ। विजेताले पाउने १६ लाख र सुपर १२ मा जितेका ३ खेलबाट उसले थप १ लाख २० हजार डलर पुरस्कार पाएको हो।

यस्तै उपविजेता बनेको पाकिस्तानले ९ लाख २० हजार अमेरिकी डलर पुरस्कार पाएको छ। उपविजेताले पाउने ८ लाख डलर र सुपर १२ मा जितेका ३ खेलबाट १ लाख २० हजार डलर पाएको हो।

यस्तै सेमिफाइनलबाट बाहिरिने भारत र न्यूजिल्याण्डले समान ५ लाख २० हजार डलर पाएक छन्। 

यस्तै सुपर १२ बाट बाहिरिने श्रीलंका र नेदरल्याण्डले समान २ लाख ३० हजार डलर, अष्ट्रेलिया, आयरल्याण्ड र जिम्बावेले समान १ लाख ९० हजार डलर पाए।

यस्तै सुपर १२ बाटै बाहिरिने  दक्षिण अफ्रिका र बंगलादेशले समान १ लाख ५० हजार पाउँदा अफगानिस्तानले ७० हजार डलर पुरस्कार पायो।

यस्तै समूह चरणबाट बाहिरिने ४ वटा टोलीले समान ८०-८० हजार डलर पुरस्कार पाए।

आइसिसिले यस वर्ष विजेतालाई १६ लाख डलर, उपविजेतालाई ८ लाख डलर, सेमिफाइनलबाट बाहिरिने २ टोलीलाई समान ४-४ लाख डलर, सुपर १२ बाट बाहिरिने ८ टोलीले समान ७० हजार डलर पुरस्कार पाउनेछन्।

यस्तै, समूह चरणबाट बाहिरिने ४ टोलीले समान ४० हजार डलर पाएका हुन्।

यस्तै हरेक खेलको विजेताले थप ४० हजार डलर पुरस्कार पाएका छन्। 

अक्टोबर १६ दखेखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा भएको विश्वकपमा १६ टिमले  सहभागिता रहनेछ ।

हेर्नुहोस् कसले कति पुरस्कार पाए?

  • (विजेता) इङ्ल्याण्ड- १७ लाख २० हजार (१६,००,००० + १,२०,०००)
  • (उपविजेता) पाकिस्तान- ९ लाख २० हजार (८,००,००० + १,२०,०००)
  • (सेमिफाइनल) भारत- ५ लाख २० हजार (४,००,००० + १,२०,०००) 
  • (सेमिफाइनल) न्यूजिल्याण्ड- ५ लाख २० हजार (४००,००० + १,२०,०००) 
  • (सुपर १२)- अष्ट्रेलिया- १ लाख ९० हजार (७०,००० + १,२०,०००)
  • (सुपर १२)- दक्षिण अफ्रिका – १ लाख ५० हजार (७०००० + ८०,०००)
  • (सुपर १२)- श्रीलंका – २ लाख ३० हजार (७०००० + ८०,००० + ८०,०००)
  • (सुपर १२)- नेदरल्याण्ड – २ लाख ३० हजार (७०००० + ८०,००० + ८०,०००)
  • (सुपर १२)- बंगलादेश – १ लाख ५० हजार (७०००० + ८०,०००)
  • (सुपर १२)-आयरल्याण्ड  – १ लाख ९० हजार  (७०००० + ८०,००० + ४००००)
  • (सुपर १२)-जिम्बावे – १ लाख ९० हजार (७००००+८०,००० + ४००००)
  • (सुपर १२)-अफगानिस्तान  – ७० हजार 
  • (समूह चरण) – नामिबिया- ८० हजार (८०,००० + ४००००)
  • (समूह चरण) – युएई – ८० हजार (४०,००० + ४००००) 
  • (समूह चरण) – स्कटल्याण्ड – ८० हजार (४०,००० + ४००००) 
  • (समूह चरण) – वेष्टइन्डिज – ८० हजार (४०,००० + ४००००)

Leave a Reply

Your email address will not be published. Required fields are marked *