चोरीको मोटरसाइकलसहित दहचोकबाट तीनजना पक्राउ

Thankot Times

थानकोट ।

प्रहरीले चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँस्थित एक घर अगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले असोज ८ गते चन्द्रागिरि नगरपालिका–१ गोकुलपाटीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नारायण तामाङ, आकाश तामाङ र वेल बहादुर तामाङ रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट बा प्र ०२–०४१ प ३९३४ नम्बरको मोटरसाइकल, बाइकको लक तोड्न प्रयोग गरिने थान २, सिम थान २, मोबाइल थान २ र नगद ५५ हजार रुपैयाँ बरामद गरेको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि चोरी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिए ।

उनीहरूमाथि प्रहरी वृत्त  थानकोटबाट अनुसन्धान भइरहेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *