काठमाण्डाै चक्रपथः पहिलो खण्ड सकिएको चार वर्षपछि दोस्रो खण्ड निर्माण हुँदै

Thankot Times

थानकोट । 

राजधानी काठमाडौंको २७ किलोमिटर चक्रपथ मध्ये पहिलो खण्ड (कोटेश्वर कलंकी) पूरा भएको लामो समयपछि दोस्रो खण्डको निर्माण सुरु हुने संकेत देखिएको छ ।

चीन सरकारको सहयोगमा ८ लेन चौडा चक्रपथ बनाउने योजनाअनुसार पहिलो खण्डको निर्माण २०७५ माघमा सकिएर सञ्चालनमा आएको छ । कलंकी महाराजगन्ज दोस्रो खण्ड निर्माण सुरु हुनु अगाडी कोभिड लगायतका विभिन्न समस्या आएर रोकिएकोमा अब सूचारु हुने देखिएको हो ।

सडक विभागका अनुसार यो खण्ड निर्माणमा अहिले चिनियाँ पक्षले चासो दिएपछि सरकारले पनि काम अगाडी बढाएको छ ।विभागका महानिर्देशक अर्जुनजंग थापाले यो खण्ड निर्माणका लागि चिनियाँ पक्षले स्थगल अध्ययन सकेर काम सुरु गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको जानकारी दिए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ