बुद्ध एयरले पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने

Thankot Times

थानकोट ।

बुद्ध एयरले आफ्नो गन्तव्य विस्तार गर्ने भएकाे छ । पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्रथम अन्तर्राष्ट्रिय उडान भर्नेगरी तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

पोखरामा विमानस्थल सञ्चालनमा आएपछि प्रथम अन्तर्राष्ट्रिय उडानको रूपमा पोखरा-बनारस-पोखरा हप्तामा ३ उडानको तालिका बनाएर सोही महिना देखि सुरु गर्ने योजना रहेको कम्पनीले बताएकाे छ । हप्तामा आइतबार, मंगलबार र बिहीबार उडान भर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

एयर ट्राफिक सर्भिस (एटीएस) रुटको लागि नेपाल सरकारकाे भारतीय सरकारसँग पहल भैरहेको कम्पनीले उल्लेख गरेको छ । भारत सरकारबाट रुट र स्लट स्वीकृति प्राप्त हुनसाथ पोखरा-दिल्ली-पोखरा प्रत्येक दिन २ उडान र पोखरा-देहरादुन-पोखरा हप्तामा ३ उडानका लागि कम्पनीको तर्फबाट प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ