काठमाडौं महानगरले एकैदिन हटायो २ सय ७५ वटा साइनबोर्ड
थानकोट ।
काठमाडौं महानगरपालिकाले एकैदिन २ सय ७५ वटा व्यावसायिक परिचय पाटी (साइन बोर्ड) हटाएको छ।
मापदण्ड विपरीत र अनुमति नलिई राखिएका परिचय पाटी सोमबारबाट हटाउन सुरू गरिएको थियो। पहिलो दिन महानगरले २ सय ७५ वटा पाटी हटाएको हो।
महानगरले काठमाडौंका चार क्षेत्रबाट यी सामग्री हटाएको हो।
महानगर प्रहरी बलका नगर प्रहरी निरीक्षक लीलाराज गाछाकाअनुसार पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालिमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा सामग्री हटाइएको हो।
३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ। एकभन्दा बढी बोर्ड भए, ३० वर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको हो।












