करेन्ट लागेर हेटौंडामा एक जनाको मृत्यु

Thankot Times

थानकोट। 

 हेटौंडा उपमहानगरपालिका-१४ मयुरधापमा मोटर लगाइ ईनार खन्ने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बाँके जिल्ला पैजापुर गाउँपालिका-४ घर भई मयुरधापमा रहेको मकवानपुर कन्स्ट्रक्सनमा काम गर्ने ३० वर्षीय प्रकाश थारूको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो १२:३० बजेको समयमा कन्स्ट्रक्सन क्षेत्रमा मोटर लगाई इनार खन्ने क्रममा अचानक करेन्ट लागि थारू बेहोस भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

बेहोस भएका थारूलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा दिउँसो साढे १ बजे डाक्टरले मृत घोषणा गरेको उनले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ