योग गुरू रामदेवले ‘महिलाहरू कपडा नलगाए पनि राम्रा देखिन्छन्’ भनेपछि…
थानकोट ।
दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवालले बाबा रामदेवको भनाइको आलोचना गर्दै उनले यसका लागि देशसँग माफी माग्नुपर्ने बताइन्।
रामदेवको कार्यक्रममा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देका छोरा र सांसद श्रीकान्त शिन्दे पनि उपस्थित थिए।
बाबा रामदेवको यो भनाइप्रति प्रतिक्रिया दिँदै शिवसेना नेता सञ्जय राउतले पनि मञ्चमा अमृता फडणवीस पनि उपस्थित थिए तर उनले विरोध नगरेको बताए्।
सञ्चारकर्मीसँग कुरा गर्दै राउतले भने, ‘शिवाजीमाथि राज्यपालले अपमानजनक टिप्पणी गर्दा सरकार मौन रह्यो, कर्नाटकका मुख्यमन्त्रीले मराठे गाउँलाई कर्नाटकमा विलय गर्ने धम्की दिँदा सरकार मौन बस्यो र अहिले जब भाजपाका प्रचारक रामदेवले पनि महिलाको अपमान गरेका छन्। त्यसो भए के सरकारको जिब्रो केन्द्रको बन्धक बनेको छ ?’












