महिलाले सर्पलाई चप्पलले हिर्काइन्, त्यही चप्पल टोक्दै सर्प टाप (भिडियो)

Thankot Times

थानकोट ।

सर्प देख्दै धेरै मानिस तर्सिन्छन् । तर सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो हेर्दा सर्प देखेर डर हैन्, हाँसो लाग्छ ।

एक महिलाले सर्प देखेपछि त्यसमाथि चप्पल हिर्काउँछिन् । अनि सर्पले त्यही चप्पल मुखमा च्यापेर भागेको देखिन्छ ।

सामाजिक सञ्जालमा वन अधिकारी परवीन कासवानले यो भिडियो शेयर गरेका थिए । खुट्टो नहुने सर्पलाई चप्पल किन चाहियो भन्दै उनले क्याप्सन लेखेका छन् । भिडियो कताको हो भन्ने चाँहि अज्ञात नै छ ।

करिब ३० सेकेन्डको भिडियो क्लिपले सबैलाई हाँस्न बाध्य बनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *