गजुरीबाट त्रिशुलीमा फाल हाने २४ वर्षीय पर्वत, अवस्था अज्ञात

Thankot Times

थानकोट ।

धादिङ जिल्लाको गजुरी गाउँपालिकास्थित कालिका मन्दिर नजिकैको झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाफ फालेर एक युवा बेपत्ता भएका छन्।

शुक्रबार मध्यान्ह १२ः३० बजे गोरखा भिमसेन थापा गाउँपालिका वडा-३ का २४ वर्षिया पर्बत बन्जराले त्रिशुली नदीमा हाफ फालेको प्रहरीले जनाएको छ ।

बन्जराले नदीमा हाफ फालेको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय गजुरीको टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *