आईसीसी विश्वकप लिग-२ मा नेपाल र नामिबिया भिड्दै
थानकोट ।
आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज बुधबार तेस्रो खेल खेल्दैछ ।
नामिबिया नेपालका लागि नौलो प्रतिद्वन्दी होईन् । नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा चौथो पटक खेल्न लागेको हो । यस अघि खेले तीन खेलमा नामिबियाले दुई खेलमा विजयी हुँदा एक खेल नजिना विहिन भएको छ।
पहिलो पटक यसै वर्ष स्कटल्याण्डमा भएको विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपाल र नामिबिया खेलेका थिए । सो खेलमा नामिबिया ४० रनले विजयी भएको थियो ।













