आज सतुङ्गल-बौथली चोक क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुँदै

Thankot Times

थानकोट ।

काठमाडौंका विभिन्न क्षेत्रमा आजदेखि १० दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा आगामी हिउँदमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक प्राविधिक काम गर्न विद्युत् कटौती गर्न लागेको हो।

प्राधिकरणका अनुसार १५ देखि २६ असोजसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

निर्धारित तालिकाअनुसार १५ असोजमा सतुंगल-बौथली चोक क्षेत्रमा, १६ गते मच्छेगाउँ-दोभान चोक तथा खुसीचोक क्ष्र्रत्रमा, १७ र २० गते मूलपानी क्षेत्रमा विद्युत् कटौती हुनेछ।

त्यस्तै, १८ गते गुर्जुधारा क्षेत्रमा, २१ गते बलम्बु क्षेत्रमा, २२ गते कोटेश्वर–बालकुमारीक्षेत्रमा, २४ गते सिफल क्षेत्रमा, २५ गते सतुंगल–धौलागिरि आवास क्षेत्रमा र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ।

मौसम प्रतिकूल भएमा भने निर्धारित विद्युत् कटौती नगरिने प्राधिकरणको भनाइ छ।

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम गरिरहेको छ। भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै सडकमा रहेका तार व्यवस्थापन र सहरी सौन्दर्यमा समेत सुधार पुग्ने प्राधिकरणले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *