आयकर संकलन ठेक्काः एकै वस्तुमा दोहोरो कर लिन नमिल्ने चन्द्रागिरि नगरको प्रष्टीकरण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले एकै वस्तुमा दोहोरो कर लिन नमिल्ने विषयमा थप प्रष्ट्याएको छ ।

बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै नगरपालिकाले चालु आर्थिक वर्षका लागि आय कर संकलनका लागि विद्युतीय बोलपत्र आह्वान गरिएकोमा बोलपत्रदाताहरूले अन्य पालिकाहरूबाट सोही वस्तुहरूमा कर संकलन भएमा कबोल अंकमा परिमार्जन हुने वा नहुने बारेमा जिज्ञासा राखेपछि सो विषयमा प्रष्ट पारेको हो ।

नगरपालिकाले कार्तिक २९ गते गोरखापत्र दैनिकमै छाला हड्डी कर, ढुंगामाटो निकासी कर तथा पशुपन्छी चाैपाया/दोपाया कर संकलनका लागि ठेक्का आह्वान गरेको थियो ।
नगरपालिकाले न्यूनतम कबोल अंकका आधारमा बोलपत्रा दाताले कबोल गरेको रकममा कुनैपनि परिमार्जन नहुने हुँदा सोको जिम्मेवार सम्बन्धित बोलपत्रदाता नै हुने जनाएको छ ।

सूचना हेर्नुहोस्ः

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *