चन्द्रागिरि हुँदै साइकल चढेर ९ दिनमा काठमाडौंबाट ढाका पुगे जर्मन राजदूत
थानकोट ।
नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल चढेर काठमाडौंबाट बंगलादेशको राजधानी ढाका पुगेका छन्।
सामाजिक सञ्जालमा उनले दिएको जानकारी अनुसार काठमाडौंबाट हिँडेको ९ दिनमा उनी ढाका पुगेका छन्।
उनी काठमाण्डाैबाट चन्द्रागिरि-हेटाैंडा हुँदै भारतको बाटो हुँदै १ हजार २५ किलोमिटर पार गरेर बंगलादेश पुगेका हुन्। ढाकामा उनलाई बंगलादेशस्थित जर्मन राजदूतले स्वागत गरेका छन्।
‘यी ९ दिन निकै गज्जब थिए जुन म कहिल्यै बिर्सन सक्दिनँ,’ उनले ट्विटरमा लेखेका छन्।
जर्मनीका राजदुत साइकलमा बंगलादेश जाँदै, पहिलो दिन चन्द्रागिरि हुँदै हेटाैंडा पुगे














