एलिना महर्जनलाई थानकोट जेसीजको वर्ष २०२३ का लागि अध्यक्षको जिम्मेवारी

Thankot Times

थानकोट ।

थानकोट जेसीजले वर्ष २०२३ का लागि नयाँ नेतृत्व चयन गरेको छ।

थानकोट जेसीजको २३औं शाखा अधिवेशन तथा सधारण सभाले एलिना महर्जनकाे अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो।

सभाबाट थानकोट जेसीज वर्ष २०२३ महासचिवमा सावन महर्जन, काेषाध्यक्षमा सुजन महर्जन र कानुनी सल्लाहकारमा रिकेश महर्जनलाई मनोनित गरिएको थानकोट जेसीजका पुर्व अध्यक्ष तथा निर्वाचन अधिकृत माेहनलाल डाँगीले जानकारी दिए।

त्यस्तै, कार्यकारी उपाध्यक्षमा भुवन गिरी, राहुल गाेपाली चुनिएका छन्।

निर्वाचनले उपाध्यक्षमा मन्दिरा थापा, दिपेश सुदाकार, विवेक महर्जन, सागर केसी र निर्वतमान अध्यक्ष राेशन दानीलाई चयन गरेको छ।

कार्यक्रम थानकोट जेसीज वर्ष २०१८ का अध्यक्ष तथा नेपाल जेसीजका वर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष मोहन लाल डाँगीले निर्वाचित प्रदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै युवाहरुको उर्जावान समय राष्ट्रको हितमा लगाउनु पर्ने बताए।

नेपाल जेसीजकाे राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमाकुमारी प्याकुरेलले  देशको विकास रुपान्तरणमा जेसीज अभियानले पुर्याएको योग्दानको बारेमा चर्चा गर्दै युवाहरुको नेतृत्वदायी भूमिकामा थानकोट जेसीजको भूमिका अतुलनीय रहने बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *