ओली निवासमा राप्रपा अध्यक्ष लिङ्देन
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काअध्यक्ष राजेन्द्र लिङदेन बालकोट पुगेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित छलफल गर्न उनी बालकोट पुगेका हुन् ।
बालकोट स्रोतका अनुसार अहिले वर्तमान राजनीतिक परिस्थिति र सरकार गठबन्धनका विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको छ ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटेको छैन । लिङदेनसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बालकोट जाने तयारीमा छन् ।














