दुर्गा प्रसाईं पक्राउ
थानकोट ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले प्रसाईंलाई पक्राउ गरेको हो ।
प्रसाईंलाई ब्यूरोले भक्तपुरबाट पक्राउ गरेको छ ।
प्रसाईं पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।
अधिकांशजसो उनी साइबर कसुरमा पक्राउ पर्ने गरेका छन् ।
यसपटक प्रसाईंलाई प्रतिनिधि सभा सदस्य रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।














