हसनटारमा चितुवा समातियो
थानकोट ।
नागार्जुन नगरपालिका-७ हसनटारबाट एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ।
आइतबार बिहान सो चितुवा नियन्त्रणमा लिइएको हो।
चितुवाले कुकुरहरू खाएर दु:ख दिएपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि वन कार्यालयलाई बोलाएर चितुवालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको सो चितुवालाई जावलाखेलस्थित सदर चिडियाखानामा लगिएको छ।











