नेपाल भलिबल लिग आउँदो भदौ १९ देखि हुने
थानकोट ।
नेपाल भलिबल लिग (एनभीएल) आउँदो भदौ १९ देखि २७ गतेसम्म हुने भएको छ ।
आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बहुउदेश्यीय कभर्डहलमा सञ्चालन हुने जनाएको हो ।
लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताका लागि खेलाडी अक्सनसमेत भइसकेको छ ।
अक्सनमार्फत खप्तड फाल्कोन्स, कर्णाली शिवराज, काठमाण्डौ रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, सगरमाथा स्माशर्स र मधेश वारियर्सले आ–आफ्नो टोली निर्माण गरेका छन् ।
सहभागी टोलीको खेलतालिका सार्वजनिक हुन बाँकी छ ।











