घरको छतमा फल्स सिलिङ लगाउने क्रममा करेन्ट लागेर घाइते भएका एक पुरुषको मृत्यु भएकाे छ ।
आइतबार साँझ ५ बजे नागार्जुन नगरपालिका-१० स्युचाटारमा २८ वर्षीय दुर्गानन्द चौधरीलाई करेन्ट लागेको हो। प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार सक्षात चौधरी थारूको घरको छतमा फससिलिङ लगाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। घाइते भएका उनको उपचारको लागि सहिद मेमोरियल अस्पतालमा लगिएको थियो।
जहाँ उपचारको क्रममा उनको पौने ६ बजे मृत्यु भएको एसपी मैनालीले बताए।
घटनाबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।