प्रधानमन्त्री प्रचण्डसहित क्याबिनेटका ८ सदस्यले लिए पद तथा गोपनीयताको शपथ

Thankot Times

थानकोट ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

सोमबार राष्ट्रपति भवन शितल निवासमा एक समारोहबीच दाहालले प्रधानमन्त्री पदको शपथग्रहण गरेका हुन् ।

प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

त्यस्तै, ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।  ८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद उपप्रधान एवं गृह मन्त्रालय रवि लामिछानेले सम्हाल्नेछन् ।

मन्त्रीहरूमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेपनि पनि मन्त्रालय भने तोकिएको छैन् ।

तस्बिरः नागरिकन्यूज

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *