खैरो हेरोइनसहित नागढुङ्गामा समातिए सिद्धार्थ र दिनेश
थानकोट ।
प्रहरीले नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
४ ग्राम ५ मिलिग्राम खैरो हेरोइनसहित सुनसरीको इटहरी उपमहानरगपालिका-१७ घर भएका २४ वर्षीय सिद्धार्थ चौधरी र २४ वर्षीय दिनेश चौधरी छन् ।
झापाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १६०१ नम्बरको बसमा चेकजाँच गर्दा उनीहरुको साथमा खैरो हेरोइन भेटिएको थियो ।
घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।














