बढ्यो ट्राफिक नियम उल्लंघनको जरिवाना, रातो बत्तीमा नरोके १ हजार ५ सय जरिवाना

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना बढाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस २ महिनादेखि लागु हुने गरी जरिवाना रकम बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

यी हुन् १५०० रुपैयाँ हुने १६ कसूरहरू

१. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा
२.  सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा
३.   सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेमा
४.   सडकमा गलत साईड तर्फबाट सवारी चलाएमा
५.   एकतर्फी सडकमा सो विपरित सवारी चलाएमा
६.   अवस्था ठिक नभएको सवारी चलाएमा
७.   राति बत्ति नबाली सवारी चलाएमा
८.    सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा
९.    नम्बर प्लेट नराखी सवारी चलाएमा
१०.  सिटबेल्ट नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा
११.  सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा
१२.  लापरवाहीका साथ सवारी चलाएमा
१३.  सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा
१४.  लाइसेन्स, ब्लुबुक, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा
१५.  ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा
१६.  हर्न बजाउन निषेध गरिएको ठाउँमा हर्न बजाएमा

अन्य कसूर र जरिवाना:

१००० देखि ५००० रुपैयाँ सम्म जरिवाना हुने कसूर:

१.   निर्धारित भाडादर भन्दा बढि भाडा लिई सवारी चलाएमा

 १००० देखि १५०० रुपैयाँ सम्म जरिवाना हुने कसुरहरू:

१. दर्ता नगरी सवारी चलाएमा

२. विदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएमा

३. बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारीले यातायात सेवा संचालन गरेमा

१००० रुपैयाँ जरिवाना हुने कसुरहरू:

१. सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको

२. सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेको

३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानि नोक्सानी पुर्‍याएको/सम्पर्कमा नआएको

४. मादक पदार्थ सेवन गरी सवारी चलाएको

५. सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा

६. सवारीमा वस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको

७. यात्रुवाहक सार्वजनिक सवारीमा तोकिए बमोजिमको सिट सुरक्षित नराखेमा

८. सार्वजनिक सवारीमा धुम्रपान गरेमा

९. खतरापुर्ण मालसामानहरु ढुवानी गर्ने मालवाहक सार्वजनिक सवारीले सांकेतिक चिन्ह देखिने गरी नराखी सवारी चलाएमा

१०. यात्रुबाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ता प्रमाणपत्रमा लेखिएको सिट संख्या भन्दा बढी यात्रु राखी सवारी चलाएमा

११. लामो वाटोमा यातायात सेवा संचालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तिमा दुई जना चालक राखि पालैपालोसंग सवारी नचलाएमा

१२. गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गतिभन्दा बढी वेगले सवारी चलाएमा

१३. तोकिएको ढाँचा अनुसारको टिकट जारी नगरेमा

१४. सवारीको अन्य भागमा मानिस राखेको

१५. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको

१६.  प्रयोजन विपरित सवारी चलाएको

१७. पटके बाटो इजाजत नलिई सवारी चलाएमा


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ