राष्ट्रपतिद्वारा पुस २५ गतेका लागि संसदका दुवै सदनको बैठक आह्वान

Thankot Times

थानकोट ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै संसदको बैठक आह्वान गरेकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि दुवै संसदको बैठक आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपराधा १ बमोमित संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १३:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशन आह्वान गरेको छु,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष संसदको अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *