सकसमा प्रचण्ड, सत्ता समर्थकहरूको चित्त बुझाउन ५ उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी

Thankot Times

थानकोट ।

सरकारमा सहभागी पार्टीहरूबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको संख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका सबै दलको चित्त बुझाउन पाँच राजनीतिक दलका नेतालाई उपप्रधानमन्त्री भाग पुर्‍याउन त्यस्तो तयारी थालेका हुन्।

सरकारलाई समर्थन गरेका सबै दलले मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेकाले प्रधानमन्त्री दाहालले केही मन्त्रालय विभाजन गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका छन्। मुख्यसचिव बैरागीले पनि सोहीअनुरूप गृहकार्य थालिसकेको निकट स्रोतको दाबी छ नागरिक दैनिकमा खबर छ। स्रोतका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, विज्ञान तथा प्रविधि, भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयमध्येबाट तीनलाई विभाजन गरेर संख्या थप गर्ने तयारी भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *