भरुवा बन्दुकसहित एकजना पक्राउ

Thankot Times

थानकोट ।

मकवानपुर जिल्लाको गढी गाउँपालिका-७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ