२२औं आहा रारा पोखरा गोल्डकपः उपाधिका लागि आज सङ्कटा र भुटानी युथ खेल्दै
थानकोट ।
२२औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज सङ्कटा क्लब र अमेरिकाको भुटानी युथ स्पोर्ट्स खेल्दैछन् ।
खेल पोखरा रङ्गशालामा दिउँसो १ः३० बजेपछि सुरु हुनेछ ।
सङ्कटा क्लब त्रिभुवन आर्मी र साबिक विजेता एपीएफलाई हराउँदै तथा भुटानिज युथ मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजलाई हराउँदै फाइनलमा पुगेको हो ।
प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।













