गुच्चा अड्किएर ५ वर्षीय बालकको मृत्यु
थानकोट ।
मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरेमा एक बालकको घाँटीमा गुच्चा अड्किएर मृत्यु भएको छ । शुक्रबार साँझ भारतको जम्भुकटुवा घर भई हाल मनहरीको ज्यामिरेमा सिलौटा बस्ने राम कुमार दासको ५ वर्षीय छोरा राम दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाँटीमा गुच्चा अड्किएपछि सास फेर्न असहज भएर उपचारको लागि भरतपुर सरकारी अस्पतालमा लगेकोमा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । शुक्रबार साँझ बालक खेल्ने क्रममा गुच्चा मुखमा हाल्दा घाटीमा अड्किन पुगेको थियो ।














