नेपाली राष्ट्रिय महिला टिमले अर्को महिना भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने
थानकोट ।
नेपाली राष्ट्रिय महिला टिमले अर्को महिना भारतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार बसेको आकस्मिक बैठकले मैत्रीपूर्ण खेलका लागि भारतले पठाएको प्रस्ताव स्वीकार गरेको हो ।
एन्फाका अनुसार भारतले फेब्रुअरी १३ देखि २५ का बीचमा मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव पठाएको छ ।
नेपाली महिला टिमले भदौमा घरेलु मैदानमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा भारतलाई १-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई पराजित गरेको यो नै पहिलोपटक थियो । यद्यपि, नेपाल फाइनलमा भने बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।













