एन्फाले तोक्यो ‘ए’ डिभिजन लिगको टिकटदर, भीआईपीतर्फ ३००, साधारणतर्फ १०० रुपैयाँ
थानकोट ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि टिकटदर तय गरेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फाको आकस्मिक बैठकले लिगका लागि टिकट मूल्य भीआईपीतर्फ ३०० र साधारणतर्फ १०० रुपैयाँ राख्ने निर्णय पारित गरेको हो ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि टिकटदर तय गरेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फाको आकस्मिक बैठकले लिगका लागि टिकट मूल्य भीआईपीतर्फ ३०० र साधारणतर्फ १०० रुपैयाँ राख्ने निर्णय पारित गरेको हो ।
यस्तै, एन्फाले ‘बी’ र ‘सी’ डिभिजन लिगका लागि पनि टिकट मूल्य १०० रुपैयाँ तोकेको छ ।
एन्फाले ‘ए’ डिभिजन लिगको टिकेटिङ अधिकारका लागि न्यूनतम एक करोड ५० लाख र शीर्षक प्रायोजनबाहेकका कर्मसियल र मार्केटिङ अधिकारको लागि न्यूनतम एक करोड ५० लाख तोकेर टेन्डर आह्वान गर्ने भएको छ ।
यस्तै, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका लागि न्यूतम ६० लाख रुपैयाँ तोकेर टेन्डर आह्वान गर्ने निर्णय पनि पारित गरेको छ ।
‘ए’ डिभिजन लिग फागुन १९ गतेदेखि र ‘बी’ डिभिजन लिग चैत १५ गतेदेखि सुरु हुँदै छ ।













