अवस्था ठीक नभएका सवारी साधन चलाउने २५ जना चालकलाई कारबाही

Thankot Times

थानकोट ।

भक्तपुरको जगातीमा आइतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २५ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

१०५ सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायतका २५ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो। 

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्नका लागि सवारी साधनको अवस्था चेकजाँच गरिएको  प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रतीले बताए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *