एपिएफको चुनाैती पन्छाउँदै न्यू डायमण्ड बन्यो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन
थानकोट ।
न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब पहिलोपटक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
न्यू डायमण्डले यसअघिको सबै पाँच पटकको च्याम्पियन नेपाल एपिएफ क्लबलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अपराजित रहेर पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो ।
डायमण्ड पहिलोपटक फाइनल पुगेको अवसरमा नै च्याम्पियन बनेको हो ।
यसअघि पहिलोदेखि चौथोसम्म एपिएफ र पुलिसले फाइनल खेल्दा पाँचौमा एपिएफ र आर्मीले फाइनल खेलेको थियो । सबै पाँच संस्करणमा एपिएफनै च्याम्पियन बनेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलमा डायमण्डले पहिलो सेट २८–२६ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । पहिलो सेटमा २४–२१ ले अघि रहेपनि डायमण्डले लगातार अंक गुमाएपनि सेट जित्न सफल भयो ।
दोस्रो सेट डायमण्डले २१–२५ ले गुमाउन पुग्यो । तेस्रो सेटमा एक समय १६–६ को आरामदायी अग्रता लिएपनि लगातार १० अंक गुमाउन पुगेपनि डायमण्ड २५–२२ ले विजयी हुन सफल भयो । डायमण्डले २०–२० को बराबरीबाट अग्रता लिदै जित निकाल्न सफल भयो ।













