दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने सरकारको तयारी

Thankot Times

थानकोट । 

नेपाल सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।

गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो ।

जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ अनलाइनखबरमा समाचार छ । ‘ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरु नोक्सानीमा गएको देखियो,’ बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले भने, ‘किसान बचचाउनका लागि १० रुपैयाँसम्म मूल्य बढाउनु पर्ने देखियो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ