चित्लाङको सडक छेउमा एक महिला मृत फेला परिन्

Thankot Times

थानकोट ।

मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङमा एकजना महिलाको शव फेला परेको छ ।

मृतक सोही स्थान बस्ने ४५ वर्षीया बसन्ती बलामी रहेको प्रहरीले जनाएको छ ।

बलामी बिहीबार बिहान ९ बजे सडक छेउको नालीमा मृत फेला परेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *