आयुर्वेदलाई जोड दिँदै चन्द्रागिरि नगर, आर्युवेद चिकित्सकसहित ४ जना जनशक्ति माग

Thankot Times

थानकोट ।

आयुर्वेदलाई जोड दिँदै चन्द्रागिरि नगरपालिकाले मातातिर्थ आर्युवेद चिकित्सा अस्पतालको क्षमता विस्तारलाई प्राथमिकता दिएको छ । जसअनुसार अस्पतालका लागि चार जना विभिन्न पदमा कर्मचारी माग गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीले जानकारी दिए ।

नगरले करार सेवामा आठाैं तहमा आर्युवेद चिकित्सक, सहायक पाँचाै तहमा ल्याब टेक्निसियन, सहायक चाैथो तहमा वैद्य, श्रेणीविहिन पुरुष अभ्यङ्गकर्ता समान १-१ जना माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले असोज ३० गतेभित्र दरखास्त पेश गर्न सक्ने जनाइएको छ ।

यस बारेको सूचना हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ