उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सदस्यमा चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ निर्विरोध

Thankot Times

थानकोट ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दिलसुन्दर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ निर्वाचित भएका छन् । यसअघि पनि उपाध्यक्ष नै रहेका श्रेष्ठ आगामी कार्यकालको लागि पनि उपाध्यक्षमै निर्वाचित भएका हुन् ।

उनले रामराजा श्रेष्ठलाई पराजित गरेका हुन् । उपाध्यक्ष पदमै गुणराज श्रेष्ठ र कोषाध्यक्षमा कविराज खत्री पनि निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी संघका सबै ८ सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । जसमा चन्द्रागिरि नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठ, मकवानपुर जिल्ला उद्योग वाणिज्य संघका जीवनकाजी माकाजु श्रेष्ठ, पाँचखाल उद्योग वाणिज्य संघका राजन कार्की, दोलखा उद्योग वाणिज्य संघका सनत थापा, भक्तपुर उद्योग वाणिज्य संघका शीव प्रसाद मानन्धर, बालाजु उद्योग विकास संघका वीरेन्द्रनाथ भट्टराई, अन्नपूर्ण मत्स्य ह्याचरी तथा एकीकृत कृषि फार्मका अनिलकृष्ण श्रेष्ठ र मैनाली इण्डस्ट्रीज प्रालिका प्रेमहरी मैनाली पनि सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता आरके मैनालीले जानकारी दिए ।

हेटाैंटामा सम्पन्न महासंघको छैठाैं प्रदेश सभालाई बिहीबार सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौँ प्रदेश सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘निजी क्षेत्रलाई सम्मानित बनाउने गरी र निजी क्षेत्रको खस्किएको साखलाई पुन:स्थापित गर्ने गरी काम गर्नुपर्नेछ। यसका लागि हामीले सकेसम्म जिल्ला नगर, प्रदेश र केन्द्रको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्न आवश्यक छ। निजी क्षेत्रका माग पूरा गर्नका लागि बलियो र सशक्त निजी क्षेत्र बनाउनुपर्नेछ।’

निर्वाचन नतिजा हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ