केजीमा १८ रुपैयाँ सस्तियो मैदाको भाउ

Thankot Times

थानकोट । 

नेपाली बजारमा मैदाको भाउ सस्तिएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार मैदा प्रतिबोरा ९ सय रुपैयाँले सस्तिएको छ । रुस-युक्रेन युद्धका कारण अचाक्ली बढेको मैदाको भाउमा सुधार हुँदै गएको संघले जनाएको छ ।

संघका अनुसार केही महिना अघि ४ हजार ६ सय रुपैयाँ प्रतिबोरा (५० किलो) पर्ने मैदाको मूल्य घटेर अहिले ३ हजार ७ सय रुपैयाँमा झरेको छ । संघका सहकोषाध्यक्ष ध्रुब अधिकारीकाअनुसार गहुँको उपलब्धता बढेसँगै मैदाको मूल्य घटेको हो ।

‘अहिले ५० किलोको मैदाको बोराको बजार मूल्य ३ हजार ७ सयमा झरेको छ,’ अधिकारीले भने, ‘झण्डै ९२ रुपैयाँ किलोको मैदाको मूल्य अहिले ७४ रुपैयाँ हाराहारीमा झरेको छ ।’

नेपाललाई भारतले गहुँ आयातका लागि अनुमति दिएसँगै बजारमा गहुँको मूल्य ओरालो लागेको संघले जनाएको छ । मैदाको मूल्य घट्नुको फाइदा खाद्यान्न उपजमा पर्ने अधिकारी बताउँछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ