उपराष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै

Thankot Times

थानकोट ।

उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ ।

बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । सुब्बाका अनुसार बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ ।

एमालेले उपराष्ट्रपतिमा उमेदवार नउठाउने सम्भावना रहेकोे एक पदाधिकारीले बताए ।

“सोझै हार्ने चुनाव के उठ्ने भन्ने कुरा पनि उठिरहेको छ । उमेदवारी दिने नदिने बैठकले निर्णय गर्नेछ,” ती पदाधिकारीले भने, “उमेदवारी नदिने सम्भावना धेरै छ । हामीले उठायौं भने महिला उमेदवार उठाउँछौं ।”

उपराष्ट्रपतिको उमेदवारी मनोनयन आज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *