कलभर्ट निर्माणका लागि चन्द्रागिरि ७ र १ जोड्ने वाणस्थली त्रिवेणीघाट-सृजनाचोक सडक बन्द गरिँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्ट र चन्द्रागिरि नगरपालिका-१ दहचोक जोड्ने मुख्य सडक मार्ग वाणस्थली-त्रिवेणीघाट-सृजना चोक सडकमा केही अवधिका लागि यातायात सञ्चालनमा रोक लगाइने भएको छ । नागढुङ्गा सुरूङ आयोजनाले सो सडक खण्डको त्रिवेणी घाटमा हाल सञ्चालनमा रहेको भेन्टेड कलभर्ट हटाई स्ल्याब कलभर्ट निर्माण गर्ने काम थालनी गरेसँगै सो सडक बन्द गरिएको वडा नं. ७ को कार्यालयले जनाएको छ ।
जापान सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको नागढुङ्गा-सिस्नेखोला सुरूङ मार्गको पहुँच मार्गका संरचनाहरू चन्द्रागिरि-१ दहचोक, चन्द्रागिरि-३ थानकोट, चन्द्रागिरि-७ वाणस्थली त्रिवेणी तथा चन्द्रागिरि-५ महादेवस्थान क्षेत्रमा निर्माण भइरहेका छन् ।
यो आयोजना २५ अप्रिल २०२४ सम्म निर्माण सक्ने गरी म्याद थपिएको छ।

नागढुंगा सुरूङ मार्गको भाैतिक प्रगति ७६ प्रतिशत, ८ सय १९ मिटर सुरूङ खन्न बाँकी













