बसन्तपुर डबलीमा युथ लिगल सोसाइटीको जनचेतनामुलक कार्यक्रम

Thankot Times

थानकोट ।

कानुन विषय अध्ययन गरिरहेका विद्यार्थीहरूले गठन गरेको समुह युथ लिगल सोसाइटीले शनिबार बसन्तपुर डबलीमा शनिबार एक कार्यक्रम आयोजना गरेको छ । 

महिला हिंसा रोक्न र सो बारेमा चेतना जगाउने उद्देश्यले बसन्तपुर डबलीमा जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको सोसाइटीले जनाएको छ।  

महिला हिंसा रोक्न देशमा कानुन, ऐनको व्यवस्था भएपनि नियामक निकायले शतप्रतिशत कार्यान्वयनमा ल्याउन नसक्दा दिनहुँ महिला हिंसाका घटनाहरूमा वृद्धि भइरहेको सन्दर्भमा सो जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको बताइएको छ ।  

प्लेकार्ड सहित सयाैं युवाहरूको उपस्थितिमा भएको सो कार्यक्रमलाई सोसाइटीका सदस्यहरूले सम्बोधन गरेका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ