बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको बनाउन ऐन निर्माण गरिने

Thankot Times

थानकोट । 

बागमती प्रदेश सरकारले प्रदेशमा सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेपाल भाषा (नेवारी) कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गर्ने भएको छ ।

मुख्य मन्त्री शालिकराम जम्मकट्टेलसहितको उपस्थितिमा तामाङ, नेवारी(नेपाल भाषा) कार्यान्वय तयारी सम्बन्धी समितिको बैठकले शुक्रबार उक्त निर्णय गरेको हो । 
अब छिट्टै ऐन निर्माण गरेर कार्यान्वयमा लगिने मुख्यमन्त्री जम्कट्टेलले सो क्रममा बताए । ‘बहुसंख्यक तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आम नागरिकलाई सरकारी कामकाजमा थप सहजता होस् भनेर भाषा सम्बन्धि ऐन ल्याउन लागेका हौं’, उनले भने ।   
एक महिनाभित्र ऐन निर्माण गरेर आउँदो नयाँ वर्ष (बैशाख महिना) भित्र संसदमा पेश गरिने समितिका अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन् ।

एक महिनाअघि सामाजिक विकास मन्त्री मोक्तानको अध्यक्षतामा उक्त समिति बनेको थियो । समितिमा श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठसँगै दुई विज्ञ सदस्य डा. गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन् ।

बागमती प्रदेशमा तामाङ र नेवार समुदायको बाहुल्यता रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ