बिक्रेतामार्फत ग्यास बिक्री गर्न सरकारसँग ग्यास बिक्रेता महासंघको माग

Thankot Times

थानकोट ।

ग्यास बिक्रेता महासंघ नेपालले बिक्रेतामार्फत ग्यास बिक्री वितरणको व्यवस्था गरी उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

ग्यास उद्योग तथा विभिन्न स्थानमा बिक्री केन्द्र तोकेर ग्यास वितरण गर्दा उपभोक्ताले अनावश्यक सास्ती पाएको भन्दै महासंघले नजिकैको बिक्रेतामार्फत ग्यास उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको हो ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले अभाव थप जटिल बनेको उल्लेख गरिएको छ ।

‘बिक्रेतामार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले यसको अभाव थप जटिल बन्दै गएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरोकारवालाको ध्यानाकर्षणसमेत गराएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ