काठमाडाैंमा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

Thankot Times

थानकोट । 

काठमाडौँ महानगरपालिका-९ तिलगंगास्थित सडकमा गाडीको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।

ना.३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-९ घर भई हाल काठमाडौँ सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको शनिबार बिहान मृत्यु भएको छ । 

 ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ